पर्वतीय उडान सकेर काठमाडौँको स्काइवाकमा ‘डली चायवाला’
बिहीबार, ०३ असोज २०८१, २० : ४३
काठमाडौँ । भारतका भाइरल ‘डली चायवाला’ काठमाडौँको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक पुगेका छन् ।
बिहीबार उनलाई स्काईवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो । उनी एक साता नेपालमा रहने जनाइएको छ ।
डली चायवाला भारतको विभिन्न सहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण चर्चित छन् । उनी आफ्नो व्यवसाय मात्र नभई सामाजिक सञ्जालमा पनि अत्यन्तै लोकप्रिय छन् । उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए ।
उनले बिहीबार बिहान पर्वतीय उडान पनि भरेका थिए । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशङ्कर हिमशृङ्खलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा