शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै वर्तमान सरकार ढल्ने ठोकुवा गरेका छन् । बिहीबार रास्वपाले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए । उनले अहिलेको सरकार दुई तिहाइको भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताए । उनले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको बताए ।
सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे । उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे । उनले दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए । उनले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा आत्मविश्वास नदेखिएको बताए । उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको, बोलेको आधारमा समाउने काम गरेर बसेको बताए । उनले दुई तिहाइको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जायज नभएको बताए ।
सभापति लामिछानेले दुई तिहाइको सरकारको कुनै प्राथमिकता नभएको बताए । उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खोजेका भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी