बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दल प्रहार गर्न उद्धत छन् : उपमहासचिव शर्मा

बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान निर्माणको ९ वर्षमा फरक पृष्ठमा संविधान दिवस मनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा भिडियो सन्देश दिँदै उनले संविधान संशोधनको एजेण्डा बनाएर संसद्का दुई ठुला दल मिलेर सरकार बनाएको बताएका हुन् ।

उनले भने, ‘संसद्का दुई ठुला दल मिलेर सरकार बनेको छ । उनीहरुले संविधान संशोधनको एजेण्डा बनाएका छन् । सहभागिता मूलक समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, समानताको हकसहित प्राप्त जनताका मौलिक अधिकारहरू हाम्रो संविधानका शक्ति हुन् ।’

उपमहासचिव शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दलले प्रहार गर्न उद्धत रहेको बताएका छन् । उनले यसका लागि सडक र सदनबाट खबरदारीको जरुरी रहेको उल्लेख गरेका छन् । 

उनले भने, ‘संविधान दिवसको यस अवसरमा सरकारले जनजीविकाको सवाल हल गर्न, भ्रष्टाचार नियन्त्रणमा लागि पर्न, संविधान सुरक्षित छ र कार्यान्वयन हुन्छ भन्ने जनपक्षमा ध्यान दिन म आग्रह गर्दछु । संविधान संशोधन गर्न सकिन्छ तर अधिकार कटौतीको लागि होइन थप अधिकार दिन र राष्ट्रको हित समृद्धि र राज्य संरचना बलियो बनाउन संविधान संशोधन गर्न हामी तयार छौँ ।’

उपमहासचिव शर्माले संविधानमा अभिधकार उल्लेख भएपनि प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो बनाउने कानुन बनाउन चासो नदिएको उल्लेख गरे । उनले उल्टै यसप्रति जिम्मेवार दल र नेताहरूबाट नकारात्मक टिप्णीहरु भइरहेका बताए । 

उनले भने, ‘जनताको मौलिक अधिकारको कार्यान्वयन गर्न राजनीति र प्रशासन संयन्त्र लोकतन्त्री र जिम्मेवार नभएको जनगुनासो छ । जनताले आधारभूत स्वास्थ्य सेवा पाउन सक्कने गरी संरचना निर्माण र भएका साधन स्रोत पनि उपभोग गर्न नपाइरहेको जनगुनासो छ । जनजीविकाको सवालमा ९ वर्षको अवधिमा गम्भीरतापूर्वक बहस पनि गरिएन । योजना पनि अगाडि बढाइएन ।’ 

उपमहासचिव शर्माले आर्थिक समृद्धि र रोजगारीको लागि कृषि उत्पादनलाई प्राथमिकता दिने र प्रतिस्पर्धात्मक क्षेत्र निर्धारण गरी औद्योगीकरण गर्न तर्फ कुनै पनि प्रगति हुन नसकेको बताए । यसले गर्दा लाखौँ युवा बिदेसिन बाध्य रहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया