बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि घटेपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

बिहीबार, ०३ असोज २०८१, १८ : ४३
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । मूल्यवृद्धि निकै तल्लो स्तरमा झरेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा भारी कटौती गरेको छ । बुधबार अमेरिकी फेडेरल रिजर्भले ब्याजदर ५० आधार दरले घटाइदिएको हो । 

यो गिरावट सन् २०२० पछि पहिलोपटक गरिएको हो । यसलाई अमेरिकी अर्थतन्त्रका लागि यूटर्न मानिएको छ । आगामी दिनमा यो ब्याजदर अझै घट्ने प्रक्षेपण गरिएको छ ।

ब्याजदर कटौती हुनुअघि ब्याजदर ५.२५ देखि ५.५ प्रतिशतको बिचमा उक्लिएको थियो जुन दुई दशकदेखिकै सबैभन्दा धेरै हो ।

ब्याजदर बढेका कारण अमेरिकाको मूल्यवृद्धि दर निकै तल्लो स्तरमा झरेको थियो । गत महिना यो दर २.५ प्रतिशतको नजिकसम्म झरेको थियो । यसका कारण बेरोजगारीको स्तर समेत उच्च भएको थियो । नयाँ रोजगारी सिर्जना नहुँदा अमेरिकामा अगष्ट महिनामा बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । जहाँ करिब ७१ लाख अमेरिकीहरु बेरोजगार थिए । सेप्टेम्बरमा भने यो संख्या ६३ लाखमा झरेको बताइएको थियो ।

फेडेरल रिजर्भ बोर्डमा ब्याजदर एक चाैथाई प्रतिशत विन्दुले मात्रै घटाउने कि भन्ने सम्बन्धमा कुरा उठेको थियो । तर एग्रेसिभ मुद्रास्फीति दर कटौतीकै पक्षमा अधिकांश बोर्ड सदस्य देखिएपछि भारी मूल्यवृद्धि सम्भव भएको हो ।

कहाँ-कहाँ पर्छ असर?

अमेरिकी केन्द्रीय बैंकको यो निर्णयले अमेरिकामा घर, कार लगायतको मोर्टेज लोनको ईएमआई सस्तो हुनेछ । यसले माग बढ्ने र रोजगारी स्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । तर अमेरिकाबाहेक देशमा भने यसको सकारात्मक भन्दा बढी नकारात्मक असर हुन सक्छ ।

अहिले विश्वका विभिन्न देशले बढ्दो मूल्यवृद्धिलाई रोक्न ब्याजदर बढाउँदै आएका छन् । यो अवस्थामा फेडको निर्णयले अन्य अर्थतन्त्रमा ब्याजदर घटाउनुपर्ने दबाब पर्नेछ । यसले विश्वव्यापी मुद्रास्फीति दर उचाल्नेछ । तेलको अन्तर्राष्ट्रिय मूल्य, सुनको मूल्यदेखि विनिमय दर समेतमा असर गर्नेछ ।

फेड निर्णयहरूले विदेशी मुद्रा बजारहरूमा पनि प्रभाव पार्न सक्छ जुन तिनीहरूको प्रभाव अमेरिकी डलर, विश्वव्यापी रिजर्भ मुद्राको मूल्यमा पर्दछ । डलरको मूल्यवृद्धिका कारण उदीयमान अर्थतन्त्रका बजारहरु यो निर्णयबाट प्रभावित हुनेछन् किनभने डलर महँगिँदा ऋणको सावाँ र ब्याज उनीहरूका लागि महँगो पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप