बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
भारत–बंगलादेश पहिलो टेस्ट क्रिकेट

आश्विनको छैटौँ सतक र जडेजाको २१ औँ अर्धशतकसँगै भारत बलियो स्थितिमा

बिहीबार, ०३ असोज २०८१, १७ : ३४
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार घरेलु टोली भारतले आफ्नो पहिलो पालीमा ६ विकेट गुमाएर तीन सय ३९ रन बनाएको छ । चेन्नईमा जारी पहिलो टेस्टको पहिलो दिनको खेल समाप्त हुँदासम्म भारतका रविचन्द्रन आश्विन शतक र रविन्द्र जडेजा उत्कृष्ट अर्धसतक बनाउँदै क्रिजमा छन् ।

उनी एक सय दुई रन बनाउँदै अविजित छन् । आश्विनले टेस्ट क्रिकेटमा बनाएको यो छैटौँ शतक हो । टोली अप्ठ्यारो स्थितिमा रहँदा आश्विन र जडेजाले जिम्मेवारीपूर्ण ब्याटिङ गरे । ३८ वर्षीय आश्विनले एकसय १२ बलको सामना गरी दुई छक्का र १० चौका हिर्काए ।

यसैगरी, रविन्द्र जडेजा ८६ रन बनाउँदै क्रिजमा छन् । उनले पनि एक सय १७ बलको सामना गरी दुई छक्का र १० चौका प्रहार गरेका छन् । ३५ वर्षीय जडेजाले टेस्ट क्रिकेटमा बनाएको २१ औँ अर्धसतक हो । उनी शतक बनाउने अभियानमा छन् ।

भारतले खेलको प्रारम्भमै तीन विकेट गुमाएको थियो । टोलीको कुल स्कोर केवल ३४ रन रहँदा भारत तीन विकेट गुमाएको हो । कप्तान रोहित शर्मा ६ रनको व्यक्तिगत स्कोरमा पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए ।

त्यसलगत्तै शुभमन गिल पनि पेभेलियन फर्किएका थिए । उनले खातासम्म खोल्न सकेनन् । तेस्रो विकेटका रूपमा विराट कोहली पनि केवल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले भने अर्धसतकीय पाली खेले ।

जैसवालले ५६ रन बनाए । उनले लामो समय क्रिजमा टिकेर एक सय १८ बलको सामना गरी नौवटा चौका पनि हिर्काएका थिए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको पाँचौँ अर्धशतक हो । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि टोलीको खातामा ३९ रन थपे ।

केएल राहुल १६ रनमै आउट भए । छैटौँ विकेटका रूपमा केएल राहुल पेभेलियन फर्किँदा भारतको कुल स्कोर एक सय ४४ रन रहेको थियो । त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रविन्द्र जडेजा र आठौँ नम्बरका ब्याट्सम्यान रविचन्द्रन आश्विनले टोलीको स्कोरलाई तीन सय ३९ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए ।

बंगलादेशका बलर हसन महमुदले चार विकेट लिए । उनले १८ ओभरमा चार मेडनसहित ५८ रन खर्चिएका थिए । नाहिद राणा र मेहदी हसन मिराजले पनि एक–एक विकेट हात पारेका थिए । पहिलो दिन ८० ओभरको खेल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप