‘बेहुली फ्रम मेघौली’ ट्रेलर : विवाहका लागि सङ्घर्षको कथा

काठमाडौँ । ‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्म हो । विवाहको विषयवस्तुमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक छोरीलाई योग्य वरका लागि गरिने सङ्घर्षको कथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा फिल्ममा विवाहको सामाजिक परम्परागत मान्यतालाई फिल्मले व्यङ्ग्य गरेको अनुमान गर्न सकिन्छ ।
फिल्ममा निश्चल र स्वस्तिमाको अलवा विजय बराल, वसुन्धरा भुसाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर सिवाकोटी लगायतको अभिनय छ ।
साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन रहेको फिल्मको पटकथा यी दुवैले मिलेर लेखेका हुन् । फिल्मका निर्माता स्वस्तिमा खड्का र निश्चल बस्नेत हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म असोज १७ गते घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’