दरबारमार्गमा बालेन समर्थक कुटिए (तस्बिर)

काठमाडौँ । राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो । दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।
प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेको बताइएको छ ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ । सो कन्सर्टमा प्रधानमन्त्री केपी ओली समेत साँझ सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह