मदुरोको जित स्वीकार गर्न बाध्य बनाइयो : गोन्जालेज

कारकास । जुलाईमा भएको विवादास्पद निर्वाचनमा राष्ट्रपति निकोलास मुदुरोको जित स्विकार्न आफूलाई बाध्य पारिएको भेनेजुएलाको विपक्षी दलका उम्मेदवार एड्मन्डो गोन्जालेजले बताएका छन् ।
शरण खोजेर स्पेन जानुअघि आफूलाई यस्तो बाध्यतामा पारिएको उनले माइक्रो बलगिङ वेबसाइट एक्समा पोष्ट गरेको एउटा भिडियो सन्देशमा भनेका छन् ।
भेनेजुएलाको राजधानी कारकासमा रहेको स्पेनी दूतावासमा शरण लिनु अघि मदुरोका सहयोगीहरूले आफूलाई एउटा पत्रमा हस्ताक्षर गर्न बाध्य पारेको उनले भनेका छन् । आफूसामु पत्रमा हस्ताक्षर गर्न होइनन् भने सोको परिणाम भोग्न तयार रहनुपर्ने दुई विकल्प तेर्साइएको उनले बताए । घण्टौँसम्म आफूलाई जबरजस्ती, धम्की र दबाब दिएको उनको भनाइ छ ।
तर भेनेजुएलाको राष्ट्रिय सभाको प्रमुख र मदुरोको मुख्य सहयोगी जर्ज रोद्रिगेजले भने गोन्जालेजले आफ्नै इच्छाले सो पत्रमा हस्ताक्षर गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय