पदाधिकारी बैठक
माओवादी निष्कर्ष : देशभर अराजकता बढ्यो
बिहीबार, ०३ असोज २०८१, १५ : ०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ । साथै सो पार्टीले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताएका हुन् ।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ । भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विस्फोटक स्थिति बनेको छ’, सापकोटाले भने, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ। जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ ।’ उनले देशैभरि अराजकता, विकृति र विसङ्गति बढेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?