आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने

नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप)की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् ।
पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा मुख्यमन्त्रीको शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्मा सामेल भएका अन्य मन्त्रीहरूले पछि शपथ लिने भनिएको थियो । तर, अब मन्त्रीहरुलाई पनि सोही दिन शपथ गराउने निर्णय भएको छ । अरविन्द केजरीवाल सरकारमा शिक्षा मन्त्री रहेकी अतिशी सेप्टेम्बर १७ मा विधायक दलको नेता चुनिएकी थिइन् ।
निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले नै मुख्यमन्त्रीका लागि अतिशीको नाम प्रस्ताव गरेका थिए । बाँकी विधायकले पनि उनको नाममा समर्थन गरे । यसअघि तिहाड जेलबाट बाहिर आएपछि सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले मुख्यमन्त्रीबाट आफ्नो राजीनामाको घोषणा गरेका थिए ।
आतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला नेत्री बनेकी छन् । यसअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध
-
अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
-
१० दिनको अवधिमा कांग्रेसमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला