म्हैपीमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
बिहीबार, ०३ असोज २०८१, १३ : १५

काठमाडौँ । काठमाडौँको म्हैपीस्थित करिडोरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ म्हैपीस्थित करिडोरमा ग. १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बा.४ ख ८६८५ नम्बरको मिनी ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काले ज्यान गुमाएका हुन् । बुधवार राति दुर्घटनामा परेका विनोदको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
मोटरसाइकलमा सवार एक जनाको ट्रमा सेन्टरमा उपचार हुँदैछ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।