समाचार
सीके राउतकी पत्नी शान्ति सुरक्षाको निवेदन लिएर प्रहरीमा
बिहीबार, ०३ असोज २०८१, १२ : ४३

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् । सिन्धुले रातोपाटीसँग कुरा गर्दै प्रहरीले आफ्नो निवेदन लिन ‘आनाकानी’ गरेको बताइन् ।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’
डा.राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान