सरकार कमजोर र असहायको आड–भरोसा बन्नेतिर केन्द्रित छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने बताएका छन् । आज सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताए । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभई विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाउने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरूको आड–भरोसा बन्नेतिर केन्द्रित रहेको बताए ।
प्रधानमन्त्री ओलीले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक – कार्ययोजना तयार पार्ने, नीतिगत रूपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्ययोजनाहरु बनाउने कामले तीव्रता पाएको उल्लेख गरे । उनले मौलिक हक कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउन सरकार लागिपरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध
-
अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
-
१० दिनको अवधिमा कांग्रेसमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला