अमेरिकामा फेडले घटायो ब्याजदर

वाशिङटन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । बुधबार सकिएको नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो ।
यो ब्याजदरमा गरिएको सन् २०२० को मार्चपछिको पहिलो कटौती थियो । योसँगै ब्याजदर ४ दशमलव ७५ प्रतिशत देखि ५ प्रतिशतका बीचमा रहेको छ ।
यस अघि फेडरले अमेरिकामा अनियन्त्रित बनेको महँगी दरमा नियन्त्रण गर्न सन् २०२२ को मार्च देखि सन् २०२३ को जुलाईबीच ११ पटक ब्याजदर बढाएको थियो । अघिल्लो बैठकमा फेडले ब्याजदर यथावत् राख्दै बाँकी अवधिमा ब्याजदर घटाउन सकिने सङ्केत गरेको थियो ।
फेडको ब्याजदर कटौतीसँगै विश्व शेयर बजार हरियालीमा आउने शेयर बजार विश्लेषकहरूको विश्वास छ । फेडको ब्याजदर कटौतीपछि अमेरिका सरकारले जारी गर्ने ऋणपत्रको ब्याजदर पनि घट्नेछ । यस्तोमा लगानीकर्ताहरूले आफ्नो पैसा ऋणपत्रमा लगाउनुको सट्टा शेयर बजारमा लगानी गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
बलि दिन गएकाहरूको कार दुर्घटनाः चार जनाको मृत्यु, बोको बाँच्यो