आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको नयाँ मिति घोषणाअघि माओवादी शीर्ष नेतासँग छलफल

बिहीबार, ०३ असोज २०८१, १२ : १२
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलनको नयाँ मिति तय गर्ने विषयमा पार्टीको शीर्ष नेताहरूसँग छलफल भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने भनिएको सम्मेलन तयारी नपुगेकाले स्थगित गरिएको थियो ।

सम्मेलनको नयाँ मिति घोषणाका लागि क्रान्तिकारीको कार्यालय बैठक बुधबार बसेको थियो  । तर दसैँ अगाडि गर्ने कि पछि गर्ने भन्ने सम्बन्धमा एक मत नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग बसेर निष्कर्षमा पुग्ने कार्यसूची घोषणा गरेको थिएन । 

असोज १० गते सम्मेलन सुरु गर्ने प्रस्ताव लिएर इन्चार्ज हिमाल शर्मा र अध्यक्ष पञ्चा सिंह पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । पदाधिकारीसहितको छलफलमा अध्यक्ष प्रचण्डले क्रान्तिकारीले ल्याएको प्रस्तावलाई समर्थन गर्दै चाँडै सम्मेलन सम्पन्न गर्न निर्देशन दिएका थिए । 

माओवादीका सचिव गणेश साहले विद्यार्थीको सम्मेलन दसैँ अगाडि नै सम्पन्न गर्ने गरी तयारी थाल्न निर्देशन दिएको जानकारी दिए । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो । स्थगित भएको सम्मेलन दसैँ अगाडि नै सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ । सम्मेलनको कार्यसूचीको विषयमा विद्यार्थीका पदाधिकारी बसेर निर्णय गर्ला’,साहले भने । 

संगठनका इन्चार्ज हिमाल शर्माले राष्ट्रिय सम्मेलनमा पार्टी र संगठनबिच एकरूपता कायम गर्न अध्यक्षसहित पदाधिकारीसँग छलफल भएको जानकारी दिए ।  ‘दसैँ अगाडि नै राष्ट्रिय सम्मेलन हुन्छ । स्थगित भएको राष्ट्रिय सम्मेलन १० गर्ते सुरु गर्नेगरी प्रस्ताव नै गरिसकेका छौँ । दिउँसो बस्ने सङ्गठनको कार्यालय बैठकले थप निर्णय सार्वजनिक गर्नेछ’, रातोपाटीसँग शर्माले भने । 

मधेस प्रदेश,उपत्यका प्रदेश र विश्वविद्यालय प्रदेशमा सम्मेलन हुन बाँकी छ । केही जिल्लामा विवादका कारण स्थगित भएको छ । त्रिभुवन विद्यालय अन्तर्गतका क्याम्पसमा असोज १६ गतेसम्म परीक्षा रहेको छ । दसैँ नजिकिएसँगै देशभरबाट काठमाडौँ प्रतिनिधि काठमाडौँ आउन कठिन भएकाले कहिले सम्मेलन गर्ने भन्नेमा सहमति जुटेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप