शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बागमती सरकारद्वारा पलेशालाई हेटौँडा नगर परिक्रमा

बिहीबार, ०३ असोज २०८१, १२ : ०४
बिहीबार, ०३ असोज २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई प्रदेश राजधानी परिक्रमा गराएको छ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशको व्यवस्थापनमा पदक विजेता पलेशालाई हेटौँडा परिक्रमा गराएको हो । 

प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा सहित नगद १० लाख रुपैयाँ नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा गराएर १० लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनका अनुसार पलेशासहित उनका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै १९ औँ एसियाली खेलकुदमा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिने मन्त्री महर्जनले बताए । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई कराँते मा रजत पदक दिलाएकी हुन् । यसअघि सविता राजभण्डारीले देशलाई रजत पदक दिलाएकी थिइन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औँ एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले पहिलो पटक रजत दिलाएकी थिइन् ।

प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराँते महासङ्घ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

palesa govardan (2)palesa govardan (3)palesa govardan (4)palesa govardan (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप