वीरगंजमा भारतीय शैक्षिक मेला २०१८ सम्पन्न
आइतबार, ३० वैशाख २०७५, १९ : ०८
वीरगंज । ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरद्वारा आयोजित दुई दिने भारतीय शैक्षिक मेला २०१८ सम्पन्न भएको छ ।
वीरगंजको होटल मकालुमा आयोजित मेलाको समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले भारतका उत्कृष्ट कलेजहरुलाई बोलाएर ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले आयोजना गरेको शैक्षिक मेलाले प्लस टुका विद्यार्थीहरु लाभान्वित भएको बताए ।
अध्यक्ष साहले ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरले गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको शैक्षिक मेलाबाट प्रदेश नम्बर २ का विद्यार्थी लाभान्वित हुने दावी गरे । २ दिने शैक्षिक मेला अवलोकन गरेका विद्यार्थीहरुलाई लक्की ड्र मार्फत स्मार्ट फोन, पेन ड्राईभ, रिचार्ज कार्ड लगायतका उपहारहरु प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले स्थलगत भ्रमण गर्ने
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित