रहेनन् हिमेश रेशमियाका पिता
बिहीबार, ०३ असोज २०८१, ११ : ४४
नयाँ दिल्ली । बलिउडका चर्चित सङ्गीत निर्देशक विपिन रेशमियाको निधन भएको छ । ८७ वर्षको उमेरमा विपिनको मृत्यु भएको हो । गएको केही समयदेखि उनलाई मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबिच सेप्टेम्बर १८ को साँझ ६ः३० बजे उनको मृत्यु भएको बताइएको छ । विपिन सङ्गीतकार हिमेश रेशमियाका पिता थिए । उनी बुढ्यौलीसँग सम्बन्धित समस्या र रोगसँग जुझिरहेका थिए ।
उनी अस्पतालमा कहिलेदेखि भर्ना भएर बसेका थिए भन्ने जानकारी आएको छैन । विपिनको अन्त्येष्टि सेप्टेम्बर १९ मा जुहूमा गरिने बताइएको छ । बिहीबार नै उनको पार्थिव शरीरलाई घर ल्याइएको थियो ।
विपिनले सलमान खानको फिल्ममा पनि सङ्गीत दिएका थिए । यसै क्रममा सलमान र हिमेशको भेट भयो । त्यसपछि अभिनेताले आफ्नो फिल्म प्यार किया तो डरना क्यामा सङ्गीत दिने अवसर हिमेशलाई दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला