फोटो
तस्बिरमा हेर्नुहोस् धरहरा चढ्नेको लाइन, हाललाई लाग्दैन कुनै शुल्क
बिहीबार, ०३ असोज २०८१, ११ : २९

काठमाडौँ । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो ।
एकदिन ५०० जना चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ ।२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै नयाँ धरहरा बनाइएको थियो ।
संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो ।
सरकारले खुला गरेसँगै बिहीबार बिहानैदेखि चढ्नका लागि सर्वसाधारण लामबद्ध देखिन्थे । अर्को व्यवस्था नभएसम्म धरहरा निःशुल्क चढ्न पाइने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता