कर्णालीमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

सुर्खेत । कर्णालीमा संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम राजधानी वीरेन्द्रनगरमा परिक्रमा गरी रङ्गशालामा रहेको कर्बड हलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
कार्यक्रममा कर्णाली झल्काउने विभिन्न लोक सांस्कृतिक प्रस्तुति राखिएको थियो । कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेलदेखि विपक्षी दलका नेता राजकुमार शर्मा, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, राजनीति दलका नेता, कार्यकर्तादेखि कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले अबको जिम्मेवारी भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु भएकाले अहिलेको प्रमुख कार्यभार पनि यही भएको बताए । त्यसतर्फ प्रदेश सरकार लागि रहेको पनि उनको भनाइ थियो ।
पूर्वमुख्यमन्त्री एवम् विपक्षी दलका नेता राजकुमार शर्माले संविधान ठिक तरिकाले लागू नभएको बताए ।
हेर्नुहोस्, तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता