विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा

ओट्टावा । क्यानडाले विदेशी विद्यार्थीलाई आफ्नो देशमा पढ्नका लागि दिँदै आएको अनुमतिमा थप कटौती गर्ने भएको छ । त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई दिँदै आएको पर्मिट अर्को १० प्रतिशतले घटाउने भएको छ । सरकारले सन् २०२५ र सन् २०२६ मा करिब ४ लाख ३७ हजार मात्रै पर्मिट दिने लक्ष्य राखेको छ ।
सन् २०२४ मा यो सङ्ख्या ४ लाख ८५ हजार रहनेछ । आगामी ३ वर्षभित्र सरकारले करिब ३ लाख कम अध्ययन अनुमति दिने आशा गरिएको अध्यागमन मन्त्री मार्क मिलरले बुधवार भनेका छन् । सरकारले विदेशी कामदार र स्नातकोत्तर कार्यक्रममा जोडिएका विदेशी विद्यार्थीको जहानलाई काम गर्न दिँदै आएको अनुमतिमा पनि नयाँ सीमा लगाउँदैछ ।
यो वर्षको सुरुमा क्यानडा सरकारले नयाँ विद्यार्थी भिसामा एक तिहाइले घटाउन अस्थायी सीमाको घोषणा गरेको थियो । विदेशी आगमन बढेसँगै जनसङ्ख्यामा भएको वृद्धिका कारण घरजग्गा बजारमा दबाब बढेपछि क्यानडाले पछिल्लो समय अध्यागमनमा कडाइ गरिरहेको छ । अहिलेसम्म सरकारले चालेका कदमहरूले काम गरिरहेको मिलरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद