मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

संविधान दिवसको अवसर पारेर ‘खुस्मा’ प्रदर्शन

बिहीबार, ०३ असोज २०८१, १० : २८
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । आज संविधान दिवसको अवसर पारेर फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ । नयाँ नेपाली फिल्म शुक्रबार रिलिज गर्ने परम्परा रहेपछि संविधान दिवसको विशेष अवसर पारेर यो फिल्म आजबाट प्रदर्शनमा आएको हो । यद्यपि, फिल्मले देशभरका हलका सबै स्टेसन भने पाएको छैन । किनभने केही स्टेसन अघिल्लो साताहरूमा प्रदर्शनमा आएको ‘शाम्बाला’ र बलिउडको ‘स्त्री २’लगायत केही फिल्मले ओगटेको छ । 

‘खुस्मा’ अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा धिरज मगर उपासना सिंह ठकुरी,  माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोजक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मको गत मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर भएको थियो । राजनीतिज्ञ, फिल्मकर्मी र रङ्ग पत्रकारको उपस्थिति रहेको थियो । प्रिमिएरमा अधिकांशले फिल्मको कथाले मन छोएको बताए । 

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका थिए ।

वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्ममा सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को सङ्गीत रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले  गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?