सात दिनको समय तोकेर एन्फालाई राखेपको अर्को पत्र

काठमाडौँ । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको छैन ।
आफूले माग गरेको कार्ययोजना एन्फाले अझै पेश नगरेको राखेपले जनाएको छ । राखेपले दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अनुमानित लागत, समयावधीसहितको कार्ययोजना एन्फासँग माग गरेको थियो ।
साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबिच भएको छलफलमा १५ दिनभित्र परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्न एन्फा सहमत भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नुपर्ने थियो ।
छलफल भएको एक महिना बितिसक्दा पनि कार्ययोजना पेश नगरेको भन्दै राखेपले यसतर्फ फेरि एन्फाको ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुनः पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो