शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
मनाइयो संविधान दिवस, तस्बिरहरू
सन्दर्भ : संविधान दिवस

मनाइयो संविधान दिवस, तस्बिरहरू

बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । 

constitution day (7)

संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । 

constitution day (5)

संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ ।

constitution day (11)

नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.स‌ं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । 

constitution day (10)

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । 

constitution day (1)constitution day (2)constitution day (3)constitution day (4)constitution day (6)constitution day (8)constitution day (9)constitution day (12)constitution day (13)constitution day (14)constitution day (15)constitution day (16)constitution day (17)constitution day (18)constitution day (19)constitution day (20)constitution day (21)constitution day (22)constitution day (23)constitution day (24)constitution day (25)constitution day (26)constitution day (27)constitution day (28)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया