यस्तो छ ‘छक्कापञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’
बिहीबार, ०३ असोज २०८१, ०८ : ५९
_qwu0I4UkBa.jpg)
काठमाडौँ । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘ब्रेकअप सङ’ नाम दिइएको गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायतको अभिनय छ ।
बाबुल गिरीको शब्द, सङ्गीत, एरेन्ज र स्वर रहेको गीतमा सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा देखिएका छन् । गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुड समेत दर्साउन खोजेको छ । दीपक र माग्ने बूढाले ब्रेकअप अङ्कित सुट लगाएका छन् । गीतले ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोश दर्साउँछ ।
‘छक्कापञ्जा ५’ दसैँको फूलपातीको दिन असोज २४ गतेदेखि प्रदर्शन हुदैछ । यो वर्षको प्रतीक्षित सुचीमा रहेको यो फिल्म दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।