संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध छन् : पूर्वराष्ट्रपति भण्डारी
बिहीबार, ०३ असोज २०८१, ०६ : ३३

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको उल्लेख गरेकी छिन् ।
संविधान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उल्लेख छ ।
उनले लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट देशको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको उल्लेख गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई