आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

वैशाख ७ मा राष्ट्रिय याक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

बिहीबार, ०३ असोज २०८१, ०१ : ०४
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए। याक तथा चौरीको संरक्षण एंव राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको हो । 

याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने पुग्ने विश्वास मन्त्रालयले लिएको मन्त्री अधिकारीले बताए । जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौरीको विकास गरिने भएकाले याकको संरक्षण चौरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा—३ फयाट्टी एसिडको स्रोत रहेको, याकको  दहि प्रसिद्ध दूग्ध परिकारको रूपमा रहेको, याकको  दुधवाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको  आम्दानीको  प्रमुख स्रोतका रूपमा रहेको छ  । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप