पौडेल र झाको अर्धशतकको मद्दतले नेपालद्वारा २ सय २१ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले जितका लागि २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २० रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ७२ बलमा ६० रन जोडे । यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । सुस्त सुरुवात गरेको नेपालले तेस्रो ओभरमा ५ रन बनाएका अर्जुन साउदलाई गुमाएको थियो ।
आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३.१ ओभरमा मात्र ३१ रन बनाउन सकेको थियो । त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हाले ।
८८ बलमा ३५ रन बनाएर शेख आउट भए । उनी एकदिवसीय क्रिकेटमा १ हजार रन पुरा गर्नबाट मात्र १ रनले चुके । उनले आफ्नो इनिङ्समा एक चौका प्रहार गरे ।
त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले विस्फोटक ब्याटिङको नमुना पेस गरे । उनले मात्र ३५ बलमा ५३ रन जोडे । उनले आफ्नो पारीमा ३ चौका र ५ छक्का हिर्काए ।
खेलको अन्त्यतिर सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिए ।
ओमानका लागि अकिब इलियास, कलिमुल्लाह र फयाज बटले २–२ विकेट लिए । त्यस्तै शकिल अहमद र सोहेब खानले १–१ विकेट लिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् । यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ ।
क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ह्याप्पी होली’ भन्दै पाकिस्तानी प्रधानमन्त्रीले दिए होलीको शुभकामना
-
आजबाट २६ औँ फ्लोरा एक्स्पो
-
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैपटक ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो
-
म्याथ्युजको अलराउन्ड प्रदर्शनसँगै मुम्बई फाइनलमा
-
ग्रिनल्याण्ड कब्जा गर्ने कुरामा फेरि के भन्दैछन् ट्रम्प ?
-
म्याग्दीमा आमाहरुको फुटबल प्रतियोगिता