बसाइँसराइँ रोक्ने गठबन्धन सरकारको आइडिया– राजमार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर बनाउने

काठमाडौँ । कांग्रेस–एमालेको गठबन्धन सरकारले बढ्दो बसाइँसराइँबारे चिन्ता जाहेर गरेको छ । पछिल्लो समय गाउँहरु रित्तिने क्रम बढिरहेको बेला सरकारले यो विषयमा आफ्नो ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’मा उल्लेख गरेको छ ।
जसअनुसार साइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजमार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर निर्माण गर्ने उल्लेख छ । ‘पहाड र ग्रामीण क्षेत्रमा चुनौतीपूर्ण बनेको बसाइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजमार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर निर्माण गरिनेछ’, बुधबार मन्त्रिपरिषद्बाट पारित साझा संकल्प तथा प्रतिबद्धतामा भनिएको छ ।
यस्तै सूचना प्रविधिको सम्भावनालाई अधिकतम सदुपयोग गर्दै युवा रोजगारी र स्वरोजगारी तथा निर्यात व्यापारको माध्यमका रुपमा विकास गरिने उल्लेख छ । ‘आधुनिक सञ्चारमार्फत् जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने काम गर्ने नीति लिइनेछ’, प्रतिबद्धतामा उल्लेख छ।
यस्तै विकासका आयोजनाहरु घोषणा हुने तर पर्याप्त बजेट र जनशक्तिको अभाव लगायत कारणले बर्षौसम्म पूरा नहुने अवस्था अन्त्य गरिन पनि गठबन्धन सरकारले प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत