बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईसीसी क्रिकेट विश्वकप लिग–२

नेपालले पाँचौँ विकेट गुमायो, कप्तान पौडेल आउट

बुधबार, ०२ असोज २०८१, २३ : ४०
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ७२ बलमा ६० रन बनाएर आउट भएका हुन् । 

उनले यस क्रममा २ चौका र ४ छक्का प्रहार गरे । नेपालले ४१.१ ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् । यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ ।

क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप