बाँकेमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

राँझा । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नं ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नं ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा आज राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए ।
रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । दुवै जनाको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज राती मृत्यु भएको हो ।
दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका-४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन् । घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालीसँग बिहे गर्न पत्नीको हत्या, यसरी बनेको थियो योजना
-
ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिप्रति पुटिनको पहिलो प्रतिक्रिया
-
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
-
सकियो एसईई, सम्झना र मायाको चिनो स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश (तस्बिरहरू)
-
राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
-
संसद् अवराेध खुलाउनेबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल