बिहीबारसम्म सम्मेलनको समय तालिका सार्वजनिक हुन्छ : अखिल क्रान्तिकारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले प्राविधिक कारणले सम्मेलन केही दिन पछि उद्घाटन गर्ने तयारीमा रहेको बताएको छ ।
सो सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलन असोज २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने घोषणा गरिएको थियो । तर प्राविधिक कारणले सम्मेलन केही दिन पछि सरेको सो सङ्गठनका प्रवक्ता जीपी मैनालीले जानकारी दिएका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता मैनालीले सम्मेलन पूर्वनिर्धारित स्थानमै छिटोभन्दा छिटो सम्पन्न गर्न सिङ्गो टिम प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्- ‘प्राविधिक कारणले सम्मेलन केही दिन पछि उद्घाटन गर्ने तयारीमा छौँ । त्यसैले सम्मेलन पूर्वनिर्धारित स्थानमै छिटोभन्दा छिटो सम्पन्न गर्न सिङ्गो सङ्गठन प्रतिबद्ध रहेको जानकारी गराउँछौ । केन्द्रीय कार्यालयको बैठक जारी रहेकोले भोलिसम्म मितिसहित सम्मेलनको समय तालिका सार्वजनिक गरिने जानकारी गराउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा
-
विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
-
२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’