बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईसीसी क्रिकेट विश्वकप लिग–२

११ रन बनाएर आउट भए भीम

बुधबार, ०२ असोज २०८१, २१ : ५१
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । भीम सार्की ३२ बलमा ११ रन बनाएर आउट भएका हुन् ।
नेपालले १३.१ ओभरमा ३ विकेटको क्षतिमा ३१ रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् । यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ ।
क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप