लेबनानमा सयौँ पेजर विस्फोट भएको भोलिपल्टै कयौँ ‘वाकीटकी’ एकसाथ विस्फोट

काठमाडौँ । लेबनानको राजधानी बेरुतमा पेजर विस्फोट भएको भोलिपल्टै कयौँ ‘वाकीटकी’ (सञ्चारका लागि प्रयोग हुने साधन) विस्फोट भएको छ ।
समाचार एजेन्सीहरूका अनुसार हिजबुल्लाह लडाकुले प्रयोग गर्दै आएको वाकीटकीमा एकसाथ विस्फोट भएको हो । विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ । विस्फोटबाट एक सय जनाभन्दा बढी घाइते भएका छन् ।
लेबनानको सरकारी समाचार एजेन्सी ‘एनएनए’ का अनुसार दक्षिणी बेका भ्यालीको सोहमर सहरमा वाकीटकी विस्फोटबाट तीन जनाको मृत्यु भएको हो ।
विभिन्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाए अनुसार बुधबार विस्फोट भएका वाकीटकी करिब पाँच महिना अघि खरिद गरिएको थियो । सोही समयमा खरिद गरिएका पेजर मंगलबार विस्फोट भएका थिए ।
बुधबार केही पुराना पेजरमा पनि विस्फोट भएको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
मंगलबार भएको पेजर विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । एक साथ कयौँ पेजरमा विस्फोट भएको थियो । विस्फोटबाट घाइते हुनेको संख्या सयौँ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन
-
पाँचपटकको च्याम्पियन चेन्नई र पहिलो संस्करणको विजेता राजस्थान आपसमा भिड्दै
-
‘स्त्री २’ अभिनेता राजकुमार रावसँग निकिता चण्डक किन ?
-
पूर्वराजालाई मुख्यमन्त्री पाण्डेको चेतावनी– नारायणहिटीमा होइन, निर्मल निवासबाटै लखेटिनुपर्ला
-
माओवादीले सदनभित्र गणतन्त्रविरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोड्यो : महेश बर्तौला
-
पूर्वराजाको बचाउमा राजावादी, निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !