मन्त्रीपरिषद् बैठक
सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
बुधबार, ०२ असोज २०८१, २१ : १६

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रीपरिषद्बाट पारित भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताए । उनले बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको पनि बताए ।
यसअघि बुधबार नै सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु