लिग–२
ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमायो
बुधबार, ०२ असोज २०८१, २१ : ००
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । अर्जुन साउद १२ बलमा ५ रन बनाएर आउट भएका हुन् ।
नेपालले ३.१ ओभरमा १ विकेटको क्षतिमा १० रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् । यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ ।
क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का