१२ जिल्लाका प्रजिअ फेरिए, गृहका ३६ जना कर्मचारीको सरुवा
बुधबार, ०२ असोज २०८१, २० : ३५

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत ३६ जना कर्मचारीको सरुवा गरिएको छ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरु फेरिएका छन् ।
रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् । डोल्पाको प्रजिअमा रोम बहादुर महत, बझाङमा ओम प्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई सरुवा गरिएको छ ।
मातृका आचार्यलाई मनाङको सीडीओ बनाएर पठाइएको छ । मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने र दैलेखमा नवराज जैसी सरुवा भएका छन् ।
नारायण पाण्डेलाई हुम्ला र विष्णु प्रसाद भुषाललाई मुस्ताङ सरुवा गरिएको छ । रसुवाको प्रजिअमा अर्जुन पौडेललाई पठाइएको छ । रामबहादुर शाहीलाई जुम्ला पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन