नेसनल डे कन्सर्टका लागि यी स्थानमा सडक डाइभर्सन हुने, १४ स्थानमा पार्किङस्थल
बुधबार, ०२ असोज २०८१, २० : ३०
_vz0wuhkUmE.jpg)
काठमाडौँ । संविधान दिवसको अवसरमा दरबारमार्ग हुने नेसनल डे कन्सर्टका लागि विभिन्न स्थानमा सडक डाइभर्सन गरिने भएको छ । त्यस्तै, १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रम स्थलतर्फ जाने सवारी साधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिनेछ । त्यस्तै, पहिलो र दोस्रो चरणमा गरी गरिने डाइभर्सनका स्थानहरू पनि तोकिएका छन् ।
त्यस्तै, टुँडिखेल, सुन्धारा, धरहारा, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, काठमाडौँ भ्युटावर लगायतका १४ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म