यी दश जिल्लामा डेंगुको जोखिम अत्यधिक

काठमाडौँ । नेपालका दश जिल्लामा डेंगुको जोखिम अत्यधिक देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार सबै भन्दा बढी तनहुँ जिल्लामा १४ सय ३५ जनामा डेंगु संक्रमण भेटिएको छ ।
यस्तै, कास्कीमा १३ सय १८ जनामा, पर्वतमा ८ सय ८० जनामा डेंगु संक्रमण देखिएको ईडीसीडीले जनाएको छ । यस्तै, काठमाडौँका ८ सय ७१ जनालाई डेंगु देखिएको छ भने, चितवनका ६ सय २८ जनालाई डेंगु देखिएको छ । यस्तै, गोरखाका ३ सय २७ जना, ललितपुरका २१६ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, झापाका १ सय ८९ जना, कैलालीका १ सय ८० र स्याङ्जामा १ सय ६८ जनालाई डेंगु संक्रमण भएको ईडीसीडीको तथ्यांक छ ।
देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्यांक माघ दोस्रो सातायताको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा