सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्रीलाई राउटेको उपहार काठको कोसी

बुधबार, ०२ असोज २०८१, २० : १२
बुधबार, ०२ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई राउटे अगुवाले  काठको कोसी उपहार दिएका छन् ।

राउटे अगुवा दिलबहादुर शाहीले मुख्यमन्त्री  आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आएका थिए । त्यस अवसरमा उनले काठको कोसी उपहार दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।

दसैँ खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिएको उनले बताए । त्यस क्रममा उनले दसैँ खर्चको माग गरेका थिए । राउटे समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । 

राउटे समुदायले मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । दसैँ खर्च माग्न शाही एक्लै लुम्बिनी प्रदेशसम्म आएका हुन् ।

राउटे समुदाय हरेक वर्ष दसैँको खर्चको लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दसैँ मनाउन शाहीमार्फत सबै राउटेहरूलाई सन्देश पठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप