लेबनानमा पेजर विस्फोटमा मर्नेको सङ्ख्या १२ पुग्यो
बुधबार, ०२ असोज २०८१, १९ : १९

बेरुत । लेबनानमा पेजर विस्फोटका घटनाहरूमा परेर मर्नेको सङ्ख्या १२ पुगेको छ । मर्नेमा २ जना बालबालिका समेत रहेका छन् ।
यीमध्ये एक जना ८ वर्षीय बालिका र अर्को चाहिँ ११ वर्षको बालक भएको बताइएको छ । घाइतेमध्ये अधिकांश बेरुत क्षेत्र आसपासका हुन् ।
लेबनानी स्वास्थ्य मन्त्री अबियादले बताएअनुसार दक्षिण लेबनानमा ७५० जना घाइते भएका छन् । अरू १ हजार ७५० जना बेरुत क्षेत्रमा घाइते भएका हुन् । घाइते मध्ये १० प्रतिशतको अवस्था निकै गम्भीर रहेको र केहीको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।
कयौँको अनुहारमा चोट लागेकोले भेन्टिलेटरमै राख्नु पर्ने स्थिति छ । यी विस्फोटका घटनाका घाइतेहरूलाई सय वटा अस्पतालमा राखिएको छ । विशेष उपचारका लागि केही घाइतेलाई विदेश नै पठाउनु परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक