बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामराज्यको नवौँ शृङ्खला : धनीहरूको देश सिंगापुर, विश्वकै ठुलो आर्थिक केन्द्र

बुधबार, ०२ असोज २०८१

काठमाडौँ । रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को नवौँ शृङ्खलामा धनीहरूको देश सिंगापुरको उतार–चढावसँग सम्बन्धित सामाग्री प्रस्तुत गरिएको छ ।

कार्यक्रम धनीहरूको देश सिंगापुरको प्रगतिमाथि केन्द्रित छ । निर्यात, उत्पादन र व्यापारलाई केन्द्रमा राखेर बनाएको आर्थिक नीतिले ‘आजको सिंगापुर’ सम्भव भएको हो । 

वैश्विक बन्दरगाह र भ्रष्टाचार विरोधी कठोरताले सिंगापुरको प्रगतिमा ठुलो भूमिका खेलेका छन् । सामाजिक र राजनीतिक तनाव विरलै हुने सिंगापुर आप्रवासीका लागि आकर्षक गन्तव्य हो । २१औँ शताब्दीमा कूटनीति, अर्थतन्त्र र जनजीवन सुधारमा ध्यान दिएको सिंगापुर  विश्वको ठुलो आर्थिक केन्द्र बन्दै गएको छ । 

हरेक बुधबार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने सिलसिलामा यो शृङ्खलामा यहाँका शासक लि क्वान लिएको नीतिको चर्चा गरिएको छ । तर, एक निरङ्कुशले पनि देश कसरी बदल्न सक्छ भन्ने उदाहरण उनले पेस गरेका छन् ।  

यसअघि गत बुधबार प्रसारित आठौँ शृङ्खलामा फ्रान्सको लोभलाग्दो पर्यटनसँग सम्बन्धित सामाग्री प्रस्तुत गरिएको थियो ।

त्यसअघि सातौँ शृङ्खलामा आइसल्यान्डमा न्यून अपराध हुने गरेकोबारे सामाग्री प्रस्तुत गरिएको थियो । छैटौँ शृङ्खलामा विश्वको समृद्धिशाली मुलुक जापानको प्रगति र यसको पासपोर्टले दुनियाँभर कमाएको प्रतिष्ठा सम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो ।

रामराज्यको पाँचौँ शृङ्खलामा स्विट्जरल्यान्डको विकास मोडल, चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्तिको फेहरिस्त, तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास सम्बन्धी सामाग्री प्रस्तुत गरिएको थियो ।

कार्यक्रम  ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिन्छ । त्यस क्रममा विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरिएको हो ।

१२ शृङ्खलासम्म प्रस्तुत हुने यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ देशको कथा समेटिने रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया