फोटोफिचर
विश्वकर्मा पूजापछि बागमती नदीमा मूर्ति विसर्जन (तस्बिरहरू)
बुधबार, ०२ असोज २०८१, १७ : ५४
काठमाडौँ । विश्वकर्मा पूजाको भोलिपल्ट आज चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। पूजा समापन भएपछि आज गीत बजाउँदै र नाच्दै चोभारमा रहेको जल विनायकमा दर्जनौँ मूर्ति विसर्जन गरिएको हो ।
विश्वकर्मा पूजाको दिन मङ्गलवार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो । सो दिन विश्वकर्माको मूर्ति बनाएर पूजा गर्ने चलन समेत रहेको छ ।
पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ । सोही चलन अनुसार काठमाडौँबाट बागमतीको प्रस्थान विन्दुको रूपमा रहेको चोभारको जलविनायकमा पूजा गरिएका मूर्ति विसर्जनका लागि ल्याइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ ।