आमरण अनसन बसेका सिलवालको जीवन रक्षा गर्न पत्राचार
बुधबार, ०२ असोज २०८१, १७ : ३१

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ग्रामीण भेगका नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धार माग गर्दै आमरण अनसनमा बसेका दीपक सिलवालको जीवन रक्षा गर्न माग गरेको छ ।
तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवाल गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनसन बसेका थिए ।
सिलवालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आयोगले बुधवार अनुगमन गरेको हो । ‘अनुगमनको क्रममा निज सिलवालको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको पाइएकोले निजको स्वास्थ्योपचार सहित जीवन रक्षाको लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिल बमोजिम पत्राचार गरेको छ’, आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा