बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

गगनलाई धन्यवाद दिँदै देउवाले भने– ‘रवि चलाख रहेछ म छक्क परेँ’

बुधबार, ०२ असोज २०८१, १७ : २३
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी समितिले प्रतिवेदन बुझाएपश्चात् आफ्नो पार्टी महामन्त्री गगनकुमार थापाले जितेको दाबी गरेका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले महामन्त्री थापाले सहकारीको विषय उठाउँदा आफूले नपत्याए पनि सदनमा प्रतिवेदन पेस भएपछि आफू छक्क परेको बताए । उनले महामन्त्री थापाले सहकारीबारे धेरै अध्ययन गरेर बोलेको आफूले पाएको कार्यक्रममा सुनाए । 

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर‚’ उनले भने। 

सभापति देउवाले रवि चलाख र सहकारी ठगीमा संलग्न भएको भनेर प्रमाणित भएको पनि उल्लेख गरे ।

‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर‚’ उनले भने ।  महामन्त्री थापालाई लक्षित गर्दै उनले थपे, 'तपाईँले जित्नुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।'

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जिल्लामा राम्रो सङ्गठन विस्तार गर्न र जिल्लामा भएका झगडा मिलाउनतिर लाग्न सबैलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप