सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रहरी अस्पतालमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई एआईजीमा बढुवा गर्न चलखेल

बुधबार, ०२ असोज २०८१, १६ : ३७
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त भएको करिब दुई महिना भएको छ । डा. आशा सिंह साउन १० मा अवकाशमा गएसँगै रिक्त दरबन्दीमा वरिष्ठ डीआईजीहरुलाई पन्छाएर कनिष्ठलाई बढुवा गर्न चलखेल थालिएको छ । 

प्राविधिक प्रहरी नायव महानिरीक्षक सुन्दर हैजु, गोपेश ठाकुर र संजय विक्रम श्रेष्ठ एआईजी बन्ने प्रतिस्पर्धामा छन् । डीआईजीद्वय हैजु र ठाकुर वरिष्ठ चिकित्सक हुन् । तर, आईजीपी र गृहमन्त्रीले जुनियर डीआईजी संजय विक्रम श्रेष्ठलाई नियुक्ती गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेका हुन् । श्रेष्ठ अरुभन्दा दुईवर्ष जुनियर हुन् । 

सुन्दर हैजु र गोपेश ठाकुर २०५७ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । तर, २०५९ सालको भर्ना भएका श्रेष्ठलाई बढुवा गर्नेगरी चलखेल भइरहेको जानकारहरू बताउँछन् ।

श्रेष्ठले नेपालबाट एसएलसी पास गरेर रसिया गएका थिए । उनले रसियाबाट एमबिबिएस पुरा गरेको सर्टिफिकेट पेस गरेका छन् । उनको सर्टिफिकेटबारे मुद्दा परेपछि अदालतले त्यसबारे आदेश गरेको छ । 

उच्च स्रोतका अनुसार नेपाल प्रहरी जनपद समूहतर्फ डीआईजी दुर्गा सिंहलाई एआईजीमा बढुवा गर्न लागिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप