शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

मुनब्बर फारुकीलाई आयो ज्यान मार्ने धम्की

बुधबार, ०२ असोज २०८१, १६ : १९
बुधबार, ०२ असोज २०८१

नयाँ दिल्ली । भारतीय स्ट्यान्ड अप कमेडियन तथा बिग बोस १७ का विजेता मुनवर फारुकीको ज्यान धरापमा छ । मुनव्वर इन्टरटेनर्स क्रिकेट लिगका लागि दिल्लीमा थिए । कमेडियनको ज्यानलाई खतरा भएको जानकारी दिल्ली पुलिसलाई दिएपछि उनी मुम्बई प्रस्थान गरेका छन् । शनिबार दिल्ली पुलिस स्पेशल सेलले एक इनपुट पाएको थियो ।

यसमा कार्यक्रम गर्न दिल्ली आएका मुनव्वर फारुकीलाई केही व्यक्तिले निशाना बनाउन सक्ने बताइएको थियो । कमेडियन मुनवर फारुकी युट्युबर एल्विश यादवसँग दिल्लीको होटल सूर्यामा बसेका थिए । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रहरी अधिकारीहरूले शनिबार राति सम्भावित खतराको बारेमा संकेत प्राप्त गरेका थिए ।

कसरी पायो प्रहरीले जानकारी ?

दिल्ली पुलिसले गोलीबारी मामिलामा संदिग्धहरूलाई सोधपुछ गरिरहेको थियो । त्यसपछि सोधपुछका क्रममा संदिग्धहरूले नै आफूलाई हालै मुनव्वर बसेको होटल सूर्यामाथि निगरानी निर्देशन दिइएको खुलासा गरे । यस खुफिया जानकारी पछि आईजीआई इनडोर स्टेडियम र होटलमा खोजी अभियान चलाइयो । मुनव्वर यही होटलको पहिलो तल्लामा बस्दै आएकाले उनको कोठामा पनि प्रहरीले अनुसन्धान गरेको थियो ।

शनिबार मुनवर फारुकी र एल्विश यादव दिल्लीको आईजीआई स्टेडियममा मैत्रीपूर्ण खेल खेल्न गएका थिए । मुनवर फारुकीको धम्कीको सूचना पाएपछि दिल्ली प्रहरी आईजीआई स्टेडियम पुग्यो । खेल केही समय रोकियो । दिल्ली प्रहरीले पूर्ण सुरक्षा व्यवस्था देखेपछि खेल सुरु भयो ।

प्रहरी अधिकारीले के भने ?

आफूलाई हरियाणवी हन्टर्स र मुम्बई डिसप्टर्स नामका दुई टोलीबिचको खेल हुन लागेको स्टेडियममा मात्रै सुरक्षा बढाउन निर्देशन दिइएको दक्षिण जिल्लाका एक प्रहरी अधिकारीले भने । होटल बाहिर प्रहरी तैनाथै रहेको र थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

एल्विश यादवलाई पनि ज्यान मार्ने धम्की आएको थियो । ईसीएल अर्थात इन्टरटेनर्स क्रिकेट लिग सेप्टेम्बर १३ बाट सुरु भएको छ । यो सेप्टेम्बर २२ सम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप