सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफी नेपालमा

बुधबार, ०२ असोज २०८१, १६ : ०९
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । नेपालमा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ । नेपाल रग्बी संघका अनुसार, प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको ब्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा पुरुषतर्फ १४ टोलीको सहभागिता रहनेछ । महिलातर्फ भने आठ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा चार सय ५० भन्दा बढी धेरै खेलाडी तथा अफिसियलको सहभागिता रहने पनि संघले जनाएको छ । प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिने छ ।

उक्त प्रतियोगिताको अनुमानित बजेट दुई करोड २० लाख रुपैयाँ रहेको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप