‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दसैँ रन’ असोज १२ गते
काठमाडौँ । बडादसैँको घटस्थापनाभन्दा अघिल्लो शनिवार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ को आठौँ संस्करण असोज १२ गते शनिवार हुने भएको छ । उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको उक्त दौडमा यस पटकदेखि कागेश्वरी मनोहरा नगरपालिका पनि जोडिएको छ ।
नगरपालिकाले यो दौडलाई नगरस्तरीय दौडको रुपमा स्थापित गराउन आधा स्वामित्व लिएपछि नाम परिवर्तन गरी ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ राखिएको छ । दौड काँडाघारीस्थित विद्यालय परिसरबाट सुरु हुने बताइएको छ ।
पाँच किलोमिटर दुरीको दौडको तयारीबारे जानकारी दिँदै उज्ज्वल तारा स्कुलका संस्थापक सल्लाहकार एवं दौडका संयोजक विष्णु कार्कीले यो दौडलाई नगर, जिल्ला, प्रदेश हुँदै देशव्यापी बनाउने स्कुलको लक्ष्यलाई कागेश्वरी मनोहरा नगरपालिकाले साथ लिएकोमा खुसी व्यक्त गरे ।
यसपटक दौडमा विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीले पनि भाग लिन पाउने छन् । यसपटक दौडमा नौवटा विधा समावेश गरिएको जानकारी कार्कीले दिए । उनका अनुसार, प्रतियोगितामा ८ र ९ कक्षाको छात्र÷छात्रा विधा, खुलातर्फ १८ वर्षभन्दा माथिको उमेर समूहको महिला र पुरुषतर्फ गरी दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरी दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ गरी दुई विधा समावेश गरिएको छ ।
दौडका विजेतालाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रका साथै पोखरा, नगरकोट र चितवनका तारे होटेलहरुमा एक रात खाने–बस्ने सुविधासहितको उपहार प्रदान गरिने जानकारी कार्कीले दिए ।
उनका अनुसार, दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क बापत तीन सय ५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी सङ्कलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटु रोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको दौडको तयारी बारेको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि,नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य