बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुल कुल’ देखिए बर्षा  र विनोद

सोमबार, २६ असार २०७४, १० : २७
सोमबार, २६ असार २०७४

काठमाडौं – गीतकार गोविन्दराज शिवाकाटीको नयाँ ‘कुलकुल’को भिडियो सार्वजनिक भएको छ । 


राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले संयुक्त रुपमा सार्वजनिक गरे । 


भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । भिडियोले दर्शकलाई नचाउने छ । 


कार्यक्रमा तीन गीत रहेको एल्बम समेत सार्वजनिक भयो । एल्बममा ‘आज फेरि..’ र ‘तिमीलाई नदेख्दा...’ बोलका गीत समेटिएका छन् । एल्बमका गीतमा संगीत शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले दिएका छन् ।


कृष्ण भट्टराइको एकल स्वर एल्बममा सुन्न सकिन्छ । सरकारी सेवामा रहेका शिवाकोटी कविता, गीत, गजल र मुक्तक लेखनमा सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप